site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यी हुन् नेपाल–कतारबीच भएका आठ सम्झौता र समझदारी

काठमाडौं । नेपाल र कतारबीच बुधबार आठ वटा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल–कतार प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक सम्पन्न भएपछि ती सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र कतारका नेतृत्व कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीले गरेका थिए । 

प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।  हस्ताक्षर भएकामा दुई वटा सम्झौता पत्र र ६ वटा समझदारी पत्र रहेका छन् । 

Dabur Nepal
NIC Asia

यस्ता छन् नेपाल र कतारबीच भएका आठ सम्झौता तथा समझदारी  :
१) नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्यका लागि समझदारी ।

२) राष्ट्रिय समाचार समिति (रासस) नेपाल र कतार न्युज एजेन्सी (क्यूएनए) बीच सहयोग र समाचार आदानप्रदानसम्बन्धी सम्झौता ।

३) नेपाल सरकार र कतार सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहकार्यको लागि समझदारी ।

४) नेपाल सरकार र कतार सरकारबीच युवा र खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी ।

५) नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतारको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका लागि समझदारी ।

६) नेपाल सरकारको विदेश मामिला अध्ययन प्रतिष्ठान (आईएफए) र कतारको विदेश मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी ।

७) कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच संयुक्त व्यापार परिषद् (जेबीसी) स्थापना गर्ने सम्झौता ।

८) कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीचको समझदारी नवीकरणसम्बन्धी समझदारी ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro