site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वदेश फर्किए कतारका अमिर

काठमाडौं । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरेका थिए । 

कतारका अमिर फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार काठमाडौं आइपुगेका थिए । काठमाडौं आएलगत्तै कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा शिष्टाचार भेटवार्ता गरेका थिए । 

Dabur Nepal
NIC Asia

कतारका अमिरले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान अन वान भेटवार्ता गरेका थिए । त्यसपछि दुवैको उपस्थितिमा नेपाल–कतार प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक बसेको थियो । 

होटेल सोल्टीमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक सकिएपछि नेपाल र कतारबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीको उपस्थितिमा सम्बन्धित अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro