site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किन आउँदैछन् कतारका अमिर नेपाल ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आउँदै छन् । यो भ्रमण खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखले गरेको पहिलो नेपाल भ्रमण हुनेछ । 

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । यसैकारण नेपाल–कतारबीच कूटनीतिक सम्बन्ध जोडिएको ४७ वर्षमा कतारको तर्फबाट नेपालमा हुन लागेको यो पहिलो सबैभन्दा उच्चस्तरीय भ्रमण हो । 

विश्वमा आफ्नो प्रभाव फैलाउँदै गरेको कतारका अमिरले यस पटक नेपाललाई किन रोजे त ? 

Prabhu Bank
Agni Group
NIC Asia

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बाह्रखरीसँग भने, “कतारको अमिर फिलिपिन्सबाट बंगलादेश हुँदै नेपाल आउन लाग्नु भएको छ । भ्रमणको सूचीले यो स्पष्ट देखाउँछ कतारले ‘लेवर सेन्डीङ’ (श्रमिक पठाउने) देशलाई प्राथमिकता दिएको छ ।” 

परराष्ट्र प्रवक्ता राईले भनेझै कतारमा सबैभन्दा बढी आप्रवासी कामदारमा भारतीय, फिलिपिनो, नेपाली, पाकिस्तानी, श्रीलंकन र बंगलादेशी छन् । हाल कतारमा जति पनि मानिस छन् त्यसमा २० प्रतिशत कतारी, २० प्रतिशत अन्य अरब देशका, २० प्रतिशत भारतीय, १० प्रतिशत नेपाली, १० प्रतिशत फिलिपिनो, सात प्रतिशत पाकिस्तान र पाँच प्रतिशत श्रीलंकन छन् । कतारमा हाल करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत छन् । “कतारलाई प्रमुख श्रमिक पठाउने देशमा जानुपर्छ भन्ने लागेको हुनुपर्छ । त्यसैले कतारका अमिरले नेपाललाई रोज्नु भयो । यसले आगामी दिनमा कतारमा रहेका नेपाली कामदारको हित प्रवर्द्धन हुनेछ,” उनले भने । 

Global Ime bank

कतारका अमिर थानी सबैभन्दा पहिला फिलिपिन्स पुगेका थिए । उनी फिलिपिन्सबाट बंगलादेश पुगेका थिए । मंगलबार अपराह्न साढे ४ बजे उनी बंगलादेशबाट नेपाल आइपुग्ने छन् । कतारले सन् २०२२ मा फिफा विश्वकप फुटबलको आयोजना गरेको थियो । विश्वकप आयोजना गर्न निर्माण गरिएका स्टेडियममा हजारौँ नेपालीले पसिना बगाएका थिए । ठूलो संख्यामा नेपालीको स्टेडियम बनाउने क्रममा दुर्घटनामा परी मृत्यु समेत भएको थियो । नेपाललगायत अन्तर्राष्ट्रिय समुदायले यसको विरोध गरेका थिए । 

नेपाल भ्रमणमा क्रममा कतारका अमिर थानीले उनको देश निर्माणमा रगत पसिना बगाउने नेपालीका विषयमा छलफल गर्नेछन् । नेपालले पनि द्विपक्षीय वार्तामा यी मुद्दा उठाउने छ । वर्षौंदेखि नेपाललगायत अन्तर्राष्ट्रिय समुदायले उठाउँदै आएको आप्रवासी कामदारका मुद्दाका विषयमा जवाफ दिन पनि उनले नेपाललाई रोजेको अनुमान गर्न सकिन्छ । “कतारले पछिल्ला वर्षहरूमा विश्वमा आफ्नो भूमिका बढोत्तरी गर्दै लगेको छ । कतार अझै यो भूमिका बढाउने क्रममा छ । यसको लागि पनि कतारका अमिरले नेपाललाई रोज्नु भएको हुनसक्छ,” परराष्ट्र प्रवक्ता राईले भने । 

कतारका अमिरको नेपाल भ्रमणका बेला नेपाल र कतारबीच बढीमा पाँच वटा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । सुरुमा ९ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको थियो । तर, पछि केही विषयहरूमा समझदारी नबनेपछि हटाइएको छ । 

कतारका अमिरले मंगलबार नेपाल आए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् । उनको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार साँझ होटेल सोल्टीमा रात्रिभोजको आयोजना गर्नेछन् । त्यहाँ उनी सरिक हुनेछन् । 

बुधबार बिहान ११ बजे नेपाल र कतार प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक हुनेछ । उक्त बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको नेतृत्व अमिर थानीले गर्नेछन् । बैठक सकिएपछि नेपाल र कतारबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । उनी बुधबार दिउँसो ३ बजेतिर स्वदेश फर्कनेछन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement