site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२९ कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन नपाउने
Tiktok banner adTiktok banner ad

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी २९ निर्माण र आपूर्तिसम्बन्धी  कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ । उनीहरूसँग तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा सहभागी हुन नसक्ने समेत सो कार्यालयले जनाएको छ ।

ती कम्पनीहरूलाई साढे दुई वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । सबैभन्दा लामो समय साढे दुई वर्ष अवधिका लागि पप्पु कन्स्ट्रक्सन प्रालि तीनकुने कालोसूचीमा परेको छ । 

यसैगरी, दुई वर्षका लागि प्रेम निर्माण सेवा प्रालि गुलरिया, ओम साइ एण्ड कम्पनी जेभी, युनिभर्सल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि, कोसी एण्ड न्यौपाने/ओम साई कन्स्ट्रक्सन जेभी, ए वान खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्स, चण्डी सिद्धिबाबा जेभी, नमूना कन्स्ट्रक्सन खिम्ती प्रालि र महेश इन्जिनियरिङ–नवीन जेभी कालोसूचीमा परेका छन् । 

यसैगरी, प्रेम निर्माण सेवा प्रालि, अमन कन्स्ट्रक्सन कम्पनी, भाव्या कन्स्ट्रक्सन, साहनी विल्डर्स, नवीन कन्स्ट्रक्सन, मामा भान्जा निर्माण सेवा र चण्डी सिद्धिबाबा जेभीलाई डेढ वर्षको लागि कालोसूचीमा राखिएको जनाइएको छ । चण्डी निर्माण सेवालाई एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखिएको छ ।

कर्मभूमि कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सुस्मन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, रोशिस कन्स्ट्रक्सन, अर्घा भगवती कन्स्ट्रक्सन, पौराई बाबा कन्स्ट्रक्सन प्रालि, मुस्कान कन्स्ट्रक्सन, जीएस एण्ड एसएस कन्स्ट्रक्सन, उमंग ट्रेडर्स, पशुपति कन्स्ट्रक्सन प्रालि, कार्चेन कन्स्ट्रक्सन, सेवा निर्माण सेवा र खड्का देवी कन्स्ट्रक्सनलाई एक वर्षको लागि कालोसूचीमा राखिएको जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro