देश

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा आज नेपाल आउँदै छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ ०६:१२
प्रतिक्रिया दिनुहोस्