site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल काठमाडौं ओपन भोलिदेखि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौँ प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन भोलिदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुने भएको छ ।

७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । उपाधिका लागि ३२ प्रोफेसनल र आठ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्नेछन् । 

Dabur Nepal
NIC Asia

प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख तीन हजार ५०० रहेको छ । विजेताले एक लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौँ हुने खेलाडीले ४३ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

चारदिने प्रतियोगितामा ३६ होलको समाप्तिमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । टप २१ मा पर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।

प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउन कोर्सलाई रोमाञ्चक बनाइएको छ । कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी गरिरहेका छन् ।

पीजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतियोगिता प्रतिस्पर्धामक हुने विश्वास रहेको बताए । पछिल्लो समय गल्फको स्तर बढेको र निरन्तर प्रायोजन गरेकोमा उनले प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro