अर्थ व्यवसाय
काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोकशमशेर राणाले निरन्तरता पाएका छन् । गएको चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकबाट राणालाई नै सीईओको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
उनको दोस्रो कार्यकाल वैशाख ९ गते (हिजो)देखि सुरु भएको बैंकले जानकारी गराएको छ । राणा यसअघि हिमालयन बैंकमा नै सीईओ थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१ १३:००
प्रतिक्रिया दिनुहोस्