site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै

गोरखा । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । 

आइतबार बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी ‘ओभरफ्लो’ भएर असन्तुलित बनेको थियो । “हिमपहिरोबाट तालको पानी बाहिर निस्किएर बूढीगण्डकी नदीमा मिसिएको अवस्था थियो”, प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने, “अहिले अवस्था सामान्य रहेको छ, ताल सामान्य अवस्थामा फर्किँदै गइरहेको अवस्था छ ।”

Dabur Nepal
NIC Asia

उनले तालकोनजिक बस्ती नभएका कारण हिमपहिरो खसेर असन्तुलित बनेको तालले कुनै ठूलो भौतिक तथा मानवीय क्षति नभएको बताए । हिमालबाट तालमा पहिरो खस्ने क्रम समेत रोकिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।

“तालको पानी ओभरफ्लो भएर बूढीगण्डकी नदीमा पानीको बहाब बढ्दा तालबाट करिब आधा घण्टाको दूरीमा रहेको सामागाउँबाट साम्दोसम्म जाने बाटोको बीचमा पर्ने एउटा पुरानो काठ पुल बगाएको छ,” उनले भने, “त्यसबाहेक अन्य कुनै मानवीय र भौतिक क्षति भएको छैन, पहिरो खस्ने क्रमसमेत रोकिइसकेको छ ।”

प्रमुख जिल्ला अधिकारी दाहालले सुरक्षाकर्मीले तालको पानी गहिरो बनाएर निष्काशन गरेको बताए । सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको उनको भनाइ छ । मनास्लु हिमालको काखैमा रहेको वीरेन्द्र तालमा आइतबार ठूलो हिमपहिरो खसेको थियो ।

हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाब बढेकाले जिल्ला प्रशासन कार्यालयले बूढीगण्डकी नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन तथा नदी वरपर नजान आह्वान गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro