site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले अभिव्यक्ति स्वतन्त्रता कुल्चने प्रयास गर्‍यो : टिकटक

बेइजिङ । अमेरिकामा आफ्नो एप बन्द गर्न खोजेर अमेरिकाले १७० मिलियन (१७ करोड) अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुल्चने प्रयास गरेको टिकटकले आरोप लगाएको छ ।

अमेरिकी तल्लो सदन कंग्रेसले गएको शनिबार टिकटकको सञ्चालक बाइटडेन्सले आफ्नो चीनसँगको सम्बन्ध नतोडे अमेरिकामा रोक लगाउने पक्षमा मतदान गरेको थियो । सोसम्बन्धी कानुन अमेरिकी विदेश नीति प्याकेजअन्तर्गत बन्न लागेको छ । त्यसमा युक्रेन, इजरायल र इण्डो—प्यासिफिकसम्बन्धी सहयोगको प्याकेजसमेत छ । जुन अर्को साताको सुरूसम्ममा कानुन बन्नेछ । अमेरिकाले टिकटकका मालिकको सम्बन्ध बेइजिङसँग भएको जनाउँदै आएको छ भने टिकटकले सो कुरा अस्वीकार गरिरहेको छ ।

अमेरिकी सिनेटले सोसम्बन्धी विधेयक पास गरेपछि राष्ट्रपतिले त्यसमा हस्ताक्षर गर्नेछन् र कानुन बन्नेछ । सो विधेयक कानुन बनेपछि टिकटकलाई उसको हिस्सेदारी बेच्नको लागि नौ महिनाको समय दिइएको छ । त्यसको प्रक्रिया लम्बिएमा थप तीन महिनाको समय दिन सकिनेछ । त्यसो हुन नसकेमा अमेरिकामा रोक लाग्नेछ ।

टिकटकका प्रवक्ताले भने अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने प्रयास भन्दै टिकटकले अहिले वार्षिक रूपमा २४ बिलियन डलर अमेरिकी अर्थतन्त्रमा योगदान पु¥याइरहेको कुरा पनि स्मरण गराएको छ ।

टिकटकले यसका सञ्चालक चीन वा अन्य कुनै देशको एजेन्ट नभएको जनाएको छ । अमेरिकी कंग्रेसले गएको मार्च महिनामा पनि गैरचिनियाँ नागरिकलाई टिकटक बेच्न ६ महिनाको समय दिएको थियो । सोविधेयक सिनेटमा विचाराधीन अवस्थामा रहेकोले कानुन भने बन्न सकेन । बीबीसी 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro