site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लगानीमैत्री वातावरण बनाउन अध्यादेश ल्याउँछौँ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढंगले ल्याउन लागेको बताएका छन् । आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको बताए । 

उनले वर्तमान सत्तासमीकरण वामपन्थीको मात्र नभएको स्पष्ट पारे । उनल भने, “वर्तमान सत्तासमीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्तासमीकरणका रूपमा बुझ्नुपर्छ, अहिले वाम एकता भन्नु सही हुँदैन ।” वर्तमान सत्तासमीकरण पूरा अवधि जाने बताउँदै प्रधानमन्त्रीले भने, “राजनीतिक रूपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलोपटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो ऐतिहासिक अवसर भएको बताए । साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रधानमन्त्रीले बताए । 

“लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवद्र्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ”, उनले भने, “लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरू अध्यादेशमार्फत् ल्याउन लागेको छ ।”  

Global Ime bank

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूको जलवायुपरिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैँले आयोजना गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड धनगढी विमानस्थल हुँदै कञ्चनपुर पुगेका छन् । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !