site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता खोल्नेलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । खातावालको परिवारको तर्फबाट कावासोती नगरपालिका–२ निवासी खातावाल लक्ष्मी पाण्डे र उनको श्रीमान् विश्वनाथ पाण्डेलाई संयुक्तरूपमा रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको जानकारी दिइएको छ । नेको इन्स्योरेन्स लिमिटेडबाट बिमादावी रकम प्राप्त भई कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बिमा सुविधा प्रदान गरिरहेको छ । कुमारी बैंकले विगत चार वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बिमा लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement