site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा परिमार्जित संकल्प प्रस्ताव पारित

विराटनगर । कोसी प्रदेशसभाको बैठकमा पेस भएको नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको परिमार्जित संकल्प प्रस्ताव पारित भएको छ । 

शुक्रबार बसेको बैठकमा एमालेको संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख अमरबहादुर बिष्टले प्रस्ताव फिर्ता लिन समय दिए पनि फिर्ता नगरेपछि निर्णयार्थ प्रस्तुत गरे । यसअघि प्रस्तावमाथि छलफल भई मुख्यमन्त्री केदार कार्कीले उठेका विषयमा जवाफ दिएका थिए । 

बैठकमा एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको भन्दै मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने दाबी गरे । भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव सदनमा पेस भएको हो ।  

प्रस्ताव पारित भइसकेपछि कति सांसदले समर्थनमा मतदान दिए भनि मत विभाजन गर्न सभामुखसमक्ष एमाले प्रमुख सचेतक भण्डारीले माग गरेका थिए । 

कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले एमाले र माओवादी संसदको मत विभाजनको मागमा पुर्नविचार गर्न सभामुखसमक्ष माग गरे । प्रदेशसभा सञ्चालनको नियमावलीअनुसार १० प्रतिशत माननीयले मत विभाजनको प्रस्ताव राख्न सक्ने प्रावधान छ ।

जसको मत पास भयो उसैले मतगणनाको माग गर्न मिल्दैन भन्दै एकीकृत समाजवादी कोसी संसदीय दलका नेता राजेन्द्र राईले यकिन गर्न सभासमक्ष आग्रह गरे । तर, गणना गर्न सभामुख अमरबहादुर विष्टले निर्देशन दिए । यसको पक्षमा ५२ सांसद रहेको, विपक्षी नउठेको र र मत दिन्नौँ भन्ने तीन सांसदको मत विभाजन भएको जानकारी गराइ विष्टले संकल्प प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro