विदेश
नयाँ दिल्ली । भारतले पहिलोपटक वृद्धवृद्धा र अपांगता भएकालाई घरबाटै मतदानमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगका अधिकारी वृद्धवृद्धा र अपांगता भएकाको घरमा आफैँ गएर ब्यालेट पेपर जम्मा गर्न जुटेका छन् ।
भारतमा ८५ देखि ९९ वर्ष उमेर समूहका ८२ लाख मतदाता रहेका छन् । भारतमा १८औँ लोकसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा २१ प्रान्तका १०२ सिटको लागि मतदान भइरहेको छ । बीबीसी
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१ १२:१९
प्रतिक्रिया दिनुहोस्