site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता सोडारीले प्रदेश प्रमुख नाजिर मियासमक्ष दाबी पेस गरेका हुन् । संविधान धारा १६८ (२) अनुसार दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय तोकिएको थियो । 

सोडारीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी गरेका हुन् । 

त्यहाँ एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित छ । अध्यक्ष रञ्जीता श्रेष्ठ सोडारीको पक्षमा छिन् भने संरक्षक रेशम चौधरी पक्षका सांसद सत्ता गठबन्धनको पक्षमा छैन । 

त्यसैले नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र एक गरी कुल २७ सांसदको समर्थनमा सोडारीले दाबी पेस गरेका हुन् । ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ सदस्य छन् । बहुमतका लागि २७ सांसदको आवश्यकता पर्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu