site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिममा सोडारीलाई एमालेको समर्थन 

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)ले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरेको छ । एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले सोडारीलाई समर्थन गरिएको बताए । 

एमालेले सोडारीका नाममा समर्थन नगर्दा अन्योलता पैदा भएको थियो । एमालेको समर्थनपछि मुख्यमन्त्रीमा दाबी गर्न जाने तयारी भएको छ । 

संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री दाबी गर्नका लागि सोडारी प्रदेश प्रमुख कहाँ पुगेको पाठकले बताए ।

उनले एमाले, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गर्न लागेका हुन् । त्यहाँ एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित छ । अध्यक्ष रञ्जीता श्रेष्ठ सोडारीको पक्षमा छिन् भने संरक्षक रेशम चौधरी पक्षका सांसद सत्ता गठबन्धनको पक्षमा छैनन् ।

Global Ime bank

मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समय छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu