site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेन हारे तेस्रो विश्व युद्ध हुन्छ ?

वाशिङ्गटन । युक्रेनका प्रधानमन्त्री डेनी सेमिहलले रसियासँगको युद्ध युक्रेनले हारे तेस्रो विश्वयुद्ध हुन सक्ने चेतावनी दिएका छन् ।  उनले अमेरिकी कंग्रेसले लामो समयदेखि अल्झिरहेको वैदेशिक सहायता विधेयक पारित नगरेमा त्यो अवस्था आउन सक्ने संकेत गरेका छन् ।

उनले अमेरिकी सांसदले विधेयक पारित गर्ने कुरालाई आफूले होसियारीका साथ आशावादी भएर हेरेको जनाएका छन् ।  अमेरिकामा सो विधेयक सम्बन्धी प्याकेज आउँदो शनिबार पारित गरिने अपेक्षा गरिएको छ । 

सो सम्बन्धी प्रस्तावमा इजरायल र इण्डो प्यासिफिकलाई दिने सहयोग समेत समावेश रहेको छ ।  वाशिङ्गटन डीसीमा बीबीसीसँग बुधबार कुरा गर्दै युक्रेनका प्रधानमन्त्रीले भनेका छन्, “हामीलाई यो रकम हिजो चाहिएको हो । भोलि होइन र आज पनि होइन ।”

“यदि हामीले जोगाएनौं भने युक्रेन ढल्नेछ,” उनले थपे, “त्यसले गर्दा विश्वव्यापी सुरक्षा प्रणाली ध्वस्त हुनेछ र विश्वले सुरक्षाको नयाँ प्रणाली प्राप्त गर्नुपर्नेछ । अथवा विश्वमा धेरै द्वन्द्व हुनेछन्, धेरै यसप्रकाका युद्ध हुनेछन् र अन्तिममा यो तेस्रो विश्व युद्धतर्फ जानेछ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu