site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुजरातमाथि दिल्लीको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि सानदार जित निकालेको छ । बुधबार राति गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा ८.५ ओभरमै भेटाएको हो ।

टस हारेपछि सुरुमा ब्याटिङको निम्तो पाएको ‍‍गुजरातले १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

गुजरातका लागि राशिद खानले सर्वाधिक ३१ रन बनाए । साई सुदर्शनले १२ रन, राहुल टेवाटियाले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ दिल्लीका मुकेश कुमारले तीन विकेट लिए । इशान्त शर्मा र ट्रिस्टन स्टब्सले दुई–दुई विकेट लिँदा खालिद अहमद र अक्षर पटेलले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा आएको दिल्लीका लागि ज्याक फ्रेसर गर्कले सर्वाधिक २० रन बनाए । शाई होपले १९ रन बनाउँदा रिशव पन्तले १६ र अभिषेक पोरेलले १५ रन बनाए । पृथ्वी शले सात रन र सुमित कुमारले ९ रन बनाए ।

बलिङतर्फ गुजरातका सन्दीप वारियरले दुई विकेट लिए । राशिद खान र स्पेन्सर जोनसनले एक–एक विकेट लिए ।

अंक तालिकामा दिल्ली छैटौँ र गुजरात सातौँ स्थानमा छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro