site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र सुधार्न सरकार गम्भीर छ, म निरन्तर लागिरहेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि आफू निरन्तर लागिरहेको बताए ।

यद्यपि अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग निरन्तर छलफल गर्दा पनि सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

उनले लगानी सम्मेलनपूर्व नै उद्योगी तथा व्यवसायीले सुझाउँदै आएका ऐन कानुन सुधार गर्ने पनि बताए । 

"अर्थतन्त्र सुधारका लागि गम्भीर छ । त्यसका लागि म निरन्तर लागिरहेको छु," प्रधानमन्त्रीले भने," अर्थतन्त्र सुधारका लागी सकारात्मक हस्तक्षेप गर्दै आइरहेको छ, गर्नेछ ।"

निजी क्षेत्रमा देखिएको निराशालाई चिर्दै मनोबल बढाउन लागिरहेको बताए । साथै, नीति कार्यक्रमलाई बजेट नसमेट्ने गरेको भन्दै त्यसलाई अन्त्य गर्न निर्देशन दिएको बताए ।

"नीति कार्यक्रम धेरै राम्रो भनिएको हुन्छ । तर, त्यसलाई  बजेटले छुदैन । यस वर्ष त्यो कुराको अन्त्य गर्न निर्देशन गरेको छु ।"

अर्को प्रसंगमा उनले नेपालमा अर्को चुनाव नहुँदासम्म अहिलेको सरकार चल्ने पनि दाबी गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro