site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकमा प्रस्तावित तोयम रायको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले महालेखा परीक्षकमा प्रस्तावित रायको संसदीय सुनुवाइ गर्दै उनको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

संवैधानिक परिषद्ले चैत्र १८ गते रायाको संसदीय सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो । त्यसपछि समितिले रायविरुद्ध उजुरी आह्वान गर्दा एकमात्र उजुरी परेको थियो । प्राप्त उजुरी र सूचनाका आधारमा संसदीय सुनुवाइपछि रायलाई नियुक्तिका लागि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति पशुपतिशम्भेर जवराले जानकारी दिए ।

त्यसअघि संसदीय सुनुवाइका क्रममा रायले भावी कार्ययोजनाका बारेमा समितिमा जानकारी गराएका थिए । उनले लेखापरीक्षणबाट औल्याएका विषयहरूलाई एकरुपता ल्याउनुपर्ने, सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताए । समयमा नै लेखा परीक्षण हुन नसकेका निकायहरूलाई तत्काल लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने उनले बताए । उनले बेरुजुको बिषयमा प्रदेशहरूसँग छलफल गर्न देखिएका समस्या समाधान गर्नुपर्ने औंल्याए ।

गत जेठमा टंकमणि शर्मा दंगालको कार्यकाल सकिएपछि महालेखापरीक्षकको पद लामो समयदेखि रिक्त रहँदै आएको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro