site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूलीभेरी खेल मैदान : पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको दुनैस्थित खेल मैदान निर्माणमा भएको भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

विशेष अदालतमा दायर मुद्दामा दश लाख बिगो कायम गरिएको छ । सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्य, सोही कार्यालयका सवइन्जिनियर मोतिप्रसाद बुढा र खेलमैदान निर्माण समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ, कोषाध्यक्ष विश्वनाथ शाहीलाई पनि प्रतिवादी बनाइएको छ ।

सबै प्रतिवादीलाई जनही ९ लाख ९३ हजार ९४० रुपैयाँ ८० पैसा बिगो कायम गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

दुनैस्थित कभर्डहलसहितको खेल मैदानका लागि कर्णाली प्रदेश सरकारले छुट्टाएको बजेटमा बनेको भन्दा धेरै काम भएको रिपोर्ट तयार पारेर उनीहरूले बढी भुक्तानी लिएर भ्रष्टाचार गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro