कला
काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’मा अभिनेता विल्सनविक्रम राई अनुबन्ध भएका छन् । आफैँ फिल्म निर्देशन गर्ने तयारीमा रहेका उनी ‘ज्वाइँ साब’मा अभिनय गर्न लागेका हुन् ।
वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा जितु नेपाल, नीति शाह, हिमेश पन्त फाइनल भइसकेका छन् ।
मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको चलचित्रमा कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।
यो चलचित्रलाई तिहारमा रिलिज गर्ने तयारी रहेको निर्माणपक्षले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ ०६:२८
प्रतिक्रिया दिनुहोस्