site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यी हुन् समस्याग्रस्त २० सहकारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि हालसम्म २० वटा सहकारी समस्याग्रस्त घोषणा भएका छन् । पछिल्लो भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको तथ्यांक अनुसार, २०८० चैत १३ गतेसम्म समस्याग्रस्त सहकारीको संख्या २० पुगेको हो । 

बचत फिर्ता गर्न नसकेपछि उजुरीका आधारमा सहकारी विभाग र मन्त्रालयले अध्ययन गरेर सहकारीलाई समस्याग्रस्त घोषणा गरिने गरिन्छ । यसरी समस्याग्रस्त सूचीमा पर्ने अन्तिम सहकारी गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था हो । यो सहकारीमा दुई वर्षअघि नै समस्या आएको थियो ।
 
विभागले बचतकर्ता र सञ्चालक समितिलाई मिलाउन कोसिस गरे पनि अन्तिममा समस्याग्रस्त सूचीमा परेको छ । यसरी समस्याग्रस्त घोषणा भएपछि यसको सम्पूर्ण जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलाई दिइन्छ । 

समस्याग्रस्त सूचीमा पर्ने सहकारीको संख्या बढ्दै गएको छ । तर, प्रयाप्त र दक्ष जनशक्ति अभावका कारण काममा ढिलासुस्ती हुँदै आएको छ ।
 
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा बचतकर्ताहरूको दैनिक भिड लाग्ने गरेको छ । सीमित कर्मचारीका कारण कार्यालयले प्रभावकारी रूपमा काम गर्न सकेको छैन ।  २०७४ सालमा ओरेन्टल कोअपरेटिभ लिमिटेड समस्याग्रस्त घोषणा हुँदा व्यवस्थापन गरिएको कर्मचारीको दरबन्दीमै कार्यालयले काम गर्नुपरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ओरेन्टल सहकारीलाई सरकारले २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित समितिले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष काशीराज दाहालको पदावधि सकिएको छ । उनीसँगै एक सदस्यको कार्यकाल सकिएको छ । समिति नयाँ अध्यक्षको पर्खाइमा छ । 

Global Ime bank

यसका साथै कार्यालयमा कामको चाप बढ्दै गएको छ । तर, कर्मचारी अभावका कारण काम प्रभावकारी रूपमा हुन नसकेको समितिको कार्यालयका सूचना अधिकारी विष्णुप्रसद गौतम बताउँछन् । 

मन्त्रालयले कर्मचारी नपठाउँदा काम कसरी र के गर्ने भन्ने नै दुविधा भएको उनी बताउँछन् । “हामीले आवश्यक कर्मचारी माग गरेको धेरै भयो,” उनले भने, “तर, हामीलाई आवश्यक पर्ने कार्मचारी मन्त्रालयले दिन सकेको छैन ।” 

समितिको कार्यालयमा प्रशासनका भन्दा प्राविधिक कर्मचारी बढी चाहिने उनी बताउँछन् । तर, सीमित कर्मचारीले धेरै काम गर्नु परेको गौतम बताउँछन् । कार्यालय प्रमुखसहित समितिको कार्यालयमा १८ जना कार्यरत छन् । जसमा कम्युटरसम्बन्धी काम गर्ने चार जना छन् । प्रहरी पनि चार जना मात्र छन् । 

पैसाको कारोबारका विषय भएकाले यसमा दक्ष कर्मचारी आवश्यक पर्ने गौतम बताउँछन् । तर, कामचलाउ मात्र कर्मचारी भएको उनी स्वीकार्छन् । मन्त्रालयले गम्भीर रूपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयलाई नलिएको उनी बताउँछन् ।

२० वटा सहकारी समस्याग्रस्त घोषणा भएको र दैनिक बचतकर्ता सोधखोजमा आउने गरेकाले कार्यालयको नियमित काम गर्न पनि नपाइने उनी बताउँछन् । “सहकारी भनेको पैसाको कारोबार गर्ने संस्था हुन् । हामीले नै समाधान गर्ने हो भने हामीलाई प्रयाप्त स्रोत साधन आवश्यक छ,” उनले बाह्रखरीसित भने ।

उनी भन्छन्, “दक्ष कर्मचारी हामीलाई दिइएको छैन । ओरेन्टल कोअपरेटिभ समस्याग्रस्त घोषणा हुँदा काम गर्न दिएका कर्मचारीले यसरी थपिँदै गएका यतिधेरै सहकारीको काम कसरी गर्ने ?” 

समस्याग्रस्त सहकारीको टुंगो यो समितिले लगाउनुपर्ने हो भने ऐनमा नै संशोधन गर्नुपर्ने देखिएको उनले बताए ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त संस्था वा संघको सम्पत्ति जिम्मा लिने, यी संघसंस्थाको काम कारबाहीसम्बन्धी निर्णय तथा अभिलेख लगायतका सम्पूर्ण व्यवस्थापन आफ्नो नियन्त्रणमा लिने गर्छ ।

समस्याग्रस्त संस्था वा संघको धितोमा रहेको सम्पत्ति आश्यकता अनुसार सहकारी ऐनअन्तर्गत बनतेको नियम वा विनियम बमोजिम लिलामी बिक्री गर्नुका साथै सदस्य तथा बचतकर्ताको बचत फिर्ता वा भुक्तानी दिने काम गर्दछ । 

तर, हालसम्म तीन वटा सहकारीको बचत फिर्ता गरेको भएको छ । “समस्याग्रस्त सहकारीको संख्या थपिँदै गयो । कर्मचारी कम छन्,” सदस्य सचिव केशवप्रसाद पौडेलले भने, “हामीले पटक–पटक हाम्रा समस्या मन्त्रालयमा राखेका छौं । तर, अझसम्म सुवुवाई भएको छैन ।”
 
सरकारले आन्दोलनमा उत्रिएका बचतकर्ताको ध्यान मोड्न समस्याग्रस्त घोषणा गरेको जस्तो देखिन्छ । २० वटा समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न अहिले समितिको कार्यालयमा कर्मचारीको नै अभाव छ । 

समस्याग्रस्त सहकारीहरू :

१. ओरेण्टल को–अपरेटिभ 

२. स्ट्याण्डर्ड सेभिङ को–अपरेटिभ

३. प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ

४. प्रभु बचत तथा ऋण सहकारी संस्था

५. कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ 

६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७. कुवेर बचत तथा ऋण सहकारी संस्था

८. चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

९. भेगास बचत तथा ऋण्या सहकारी संस्था

१०. स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड

११. समोसाइटल बचत तथा ऋण सहकारी संस्था

१२. लुनिभा बहुउद्देश्यीय सहकारी संस्था

१३. पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड

१४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

१६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था 

१८. कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

१९. लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था 

२०. गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था 
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय