site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वसांसद प्रमोद साहमाथि कुटपिट
प्रमोद साह । फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का पूर्वसांसद प्रमोद साहमाथि सर्लाहीमा आक्रमण गरिएको छ ।

गए राति खेतमा पानी हालेर फर्किएका उनका सहयोगीमाथि कुटपिट गरिएको थियो । त्यसपछि उद्धारका निम्ति पुगेका साहमाथि समेत आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरएन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी छन् ।

सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित उनकै घरनजिकको बाटोमा आइतबार राति साहमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro