site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोहितको शतकका बाबजुद मुम्बई पराजित 

काठमाडौं । ओपनर रोहित शर्माको शतकका बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सविरुद्ध २० रनको हार व्यहोरेको छ ।

सोमबार घरेलु मैदान वान्खडेमा चेन्नाईले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

मुम्बईका ओपनर रोहितले ६३ बलमा ११ चौका र पाँच छक्कासहित १०५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । तिलक वर्माले ३१, इशान किशनले २३ र टिम डेविडले १३ रन जोडे ।

चेन्नाईका मथिसा पथिरानाले चार विकेट लिए । चार ओभर बलिङ गरेका पथिरानाले २८ रन खर्चिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको चेन्नाईले २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो ।

चेन्नाईका कप्तान रितुराज गाइकवाडले ४० बलमा समान पाँच चौका र छक्कासहित ६९ रनको योगदान गरे । शिवम दुबेले ६६ रन थपे । रचिन रवीन्द्रले २१, एमएस धोनीले २० र डार्यल मिचेलले १७ रन जोडे ।

मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए । गेराल्ड कोएट्जी र श्रेयस गोपालले एक/एक विकेट लिए ।

जितसँगै ६ खेलबाट आठ अंक जोडेको चेन्नाई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंकको मुम्बई आठौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro