site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–९, आन्द्राभरैयाका १२ वर्षीय आशीष चौधरी र सोही ठाउँका १२ वर्षीय माधव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

आन्द्राभरैयाका चार बालक घरदेखि करिब ५०० मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेला माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ ।

Dabur Nepal
NIC Asia

आइतबार दिउँसो खेल्न गएका मध्ये तीन बालक खाल्डोमा परेका थिए । एक बालकको उद्धार गरिए पनि दुईजना गहिरो खाल्डोमा पुरिएका थिए ।

पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका निम्ति लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

उनीहरूका शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro