बाह्रखरी फोटो
काठमाडौं । मध्यपुर थिमिमा रहेको बालकुमारी मन्दिर क्षेत्रमा आज सिन्दुर जात्रा मनाइएको छ । थिमि आसपासका गाउँहरूबाट विभिन्न देवी देवताहरूको खट ल्याएर सिन्दुर जात्रा मनाइएको हो । बिस्काः जात्राको अवसरमा थिमिमा सिन्दुर जात्रा मनाउने परम्परा छ ।
वैशाख १ गते साँझ हुने जात्रालाई ‘बहानी से’ जात्रा अथवा बेलुकाको जात्रा र वैशाख २ गते बिहान मनाउने जात्रा लाई ‘सुठे सी’ जात्रा भनेर मनाउने गर्दछ । देवी देवताहरूलाई र एक आपसमा सिन्दुर हालेर मनाउने भएकाले यसलाई सिन्दुर जात्रा भनिएको हो ।
तस्बिरहरू हर्नोस् :
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१ १३:३५
प्रतिक्रिया दिनुहोस्