site stats
बाह्रखरी :: Baahrakhari
विदेश
टर्कीमा केबलकार दुर्घटना : एकजनाको मृत्यु, १७ घाइते
Global Ime bank

काठमाडौं । टर्कीको दक्षिणी रिसोर्ट प्रान्त अन्टाल्यामा एउटा केबलकार एक पोलमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ वर्षीय टर्कीका नागरिक हुन् । 

देशका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले एकजनाको मृत्यु भएको बताएका छन् । घटनामा अन्य १७ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको जनाइएको छ । कुल १३७ जनालाई उद्धार गरिएको छ । घाइतेमध्ये दुई बालबालिका छन् । 

मुस्लिमहरूको पवित्र महिना रमजानको अन्त्यमा मनाइने ईद अल–फित्रको बिदामा भूमध्यसागरीय सहर अन्टाल्याबाहिर रहेको लोकप्रिय टुनेकटेप केबलकार दुर्घटना भएको हो । अन्टाल्या टर्कीको सबैभन्दा ठूलो पर्यटन केन्द्र हो । जुन प्रत्येक वर्ष लाखौँ स्वदेशी र विदेशी पर्यटकहरूले भ्रमण गर्दछन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu