site stats
बाह्रखरी :: Baahrakhari
खेल
रियाल मड्रिडलाई शीर्ष स्थानमा आठ अंकको अग्रता 

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले शीर्ष स्थानमा आठ अंकको अग्रता कायम राखेको छ ।

ला लिगाअन्तर्गत शनिबार भएको खेलमा रियालले मायोर्काविरुद्ध १–० को साँघुरो जित निकाल्दै तीन अंक जोडेको हो । रियाललाई जित दिलाउन औरेलियन चुवामेनीले ४८औँ मिनेटमा निर्णायक गोल गरे । 

जितसँगै लिग लिडर रियालले ३१ खेलबाट ७८ अंक जोडेको छ । जुन दोस्रो स्थानको बार्सिलोनाको भन्दा आठ अंक धेरै हो । रियाललाई पछ्याइरहेको चिर प्रतिद्वन्द्वी बार्सिलोनाले समान खेलबाट ७० अंक जोडेको छ ।

ला लिगाको साविक विजेता समेत रहेको बार्सिलोनाले शनिबार नै भएको खेलमा कार्डिजविरुद्ध १–० को जित निकालेको थियो । बार्सिलोनालाई जित दिलाउन जाओ फेलिक्सले ३७औँ मिनेटमा निर्णायक गोल गरे । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu