site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नयाँ वर्षमा मुक्तक वाचन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नयाँ वर्ष २०८१को अवसर पारेर नेपाल मुक्तक मञ्चले विशेष मुक्तक वाचन कार्यक्रमको आयोजना गरेको छ । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै मुक्तककारहरू ज्ञान्दरी कैनी, भवानीमैया पन्त, पार्वती पुडासैनी, उत्तम भेटुवाल, माधव बिडारी चेतनपथ, हरिकृष्ण धिताल, यशोदा अधिकारीलगायतले मुक्तक वाचन गरे । 

उक्त अवसरमा साहित्यकार डा. दामोदर पुडासैनी किशोरले साहित्यको जगेर्ना गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै साहित्यकारहरूबिचको नियमित जमघटले उत्कृष्ट साहित्य सृजनामा बल पुग्ने बताए ।
कार्यक्रममा राजेन्द्र घिमिरे सागर, उमेश पाण्डे, रेणु अधिकारी, तारा केसीले बोलेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्