site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
गैँडाको आहाल । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।

शनिबार बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखाको आरुघाट गाउँपालिका–८, पोखरी घर भई रत्ननगर नगरपालिका–६, सौराहामा बस्दै आएका ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । रेग्मी सौराहाको जंगलले वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए ।

रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको बताए ।

गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको खोजीमा चार हात्ती प्रयोग गरिएको थियो । “निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना विरलै हुने गरेको छ,” तिवारीले भने, “नयाँ वर्षको दिन दुःखद घटना भयो ।”

मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro