site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नयाँ वर्षको अवसरमा ओटीटीमा ‘यौटा सपनाको अवसान’  
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत वर्ष चैत १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’ नयाँ वर्षको अवसर पारेर आजदेखि वेब सिरिजको रूपमा प्रिमियर भएको छ । महिना दिनसम्म हाउसफुल रहेको नाटक कान्तिपुर सिनेमाजमा प्रसारण भएको हो ।  

निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले शुक्रबार ट्रेलर सार्वजनिक गर्दै शनिबारदेखि सिरिज प्रसारणमा आउने जानकारी गराएको थियो । निर्माण टिमले यसअघि पोस्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरुप यसलाई ओटीटीमा रिलिज गर्न लागिएको जनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्रेलरमा सिरिजका मुख्य कलाकारहरू दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाईं अटाएका छन् ।
नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको बताएका प्रेस नोटमा उल्लेख छ ।

निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । एक महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ । नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुनेछ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement