site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर नयाँ चलचित्र ‘भिजिट भिसा’ निर्माणको घोषणा गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने पारिवारिक सोसल ड्रामा जानरामा निर्माण हुने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमा घोषणा गरेको हो । 

थिम पोस्टरले पहाड र हिमाली क्षेत्रका बस्ती सहरतिर स्थान्तरण भएको चलचित्र भिजिट भिसाको थिम पोस्टरमा विदेशिने क्रमले गाउँ नै खाली भएको देखाएको छ । 

Dabur Nepal
NIC Asia

सिनेमाले पछिल्लो समय लर्को लागेर विदेश जाने प्रवृत्तिलाई पेस गर्ने संकेत निर्माण पक्षले पोस्टरमार्फत् गरेको छ । 

visit-visa-1712985096.jpeg
 

मोती बिष्ट प्रस्तुतकर्ता रहेको यो चलचित्रको निर्माता टोपेन्द्र बिष्ट हुन् । बिराज बिष्टको कथा रहने फिल्ममा यम थापाको पटकथा छ । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो चलचित्रले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

चलचित्र निर्माणको घोषणा गरेको निर्माण पक्षले निर्देशक र कलाकारहरू भने तय गरेको छैन । निर्माण टिमका अनुसार फिल्ममा नाम चलेका कलाकार नै साइन गर्ने तयारी छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro