site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काठमाडौंका धेरै सहकारी बचत पनि फिर्ता गर्न नसक्ने अवस्थामा पुगे 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगर मातहातमा एक हजार ९३५ सहकारीमध्ये धेरै बचत पनि फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । महानगरको सहकारी विभागका अनुसार यी सहकारीको अनुगमन गरी सत्यतथ्य विवरण महानगरको वेबसाइटमा राख्नेगरी काम भइरहेको छ ।  

महानगरमा बचत तथा ऋण सहकारीको संख्या उल्लेख्य छ ।  महानगरमा दर्ता भएकामध्ये बचत तथा ऋणको कारोबार गर्ने सहकारी नै बढी भएको काठमाडौं महानगरपालिकाको सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले बताए । 

समुदायमा आधारित सहकार्यमा चल्ने सहकारीको अवस्था राम्रो भए पनि यी सहकारीको संख्या कम छ । काठमाडौं महानगरमा दर्ता भएका सहकारीहरुले सहकारीको मूल्य र मान्यता बिर्सिएर कारोबार गर्दा समस्या निम्तिएको त्रिपाठी बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरले पनि आफूअन्तर्गत दर्ता भएका सहकारीको अनुगमनलाई तिब्रता दिएको छ । अहिले दैनिकजसो सहकारीको अनुगमन हुँदै आएको छ । अनुगमनको क्रममा सहकारीको अवस्था नाजुक देखिएको उनी बताउँछन् । बचत फिर्ता नदिएको भन्दै उजुरी दिन आउनेहरूको आधारमा प्रहरीमा कारबाही गर्न सिफारिस पनि गरिएको उनी बताउँछन् ।

“सहकारी स्वनियमन हुनुपर्छ भनिएको छ । तर, सबैजसो सहकारी मूल्य र मान्यता विपरीत चलेका छन्,” त्रिपाठीले भने, “महानगरको प्रारम्भिक अनुगमनले पनि त्यस्तै देखाएको छ ।” त्यस्तै महानगरमा एक वर्षअघि बचत फिर्ता माग गर्दै आउनेको संख्या अत्यधिक थियो । 

Global Ime bank

तर, अहिले त्यसरी बचतफिर्ता माग गर्न आउनेको संख्या घट्दै गएको छ ।  विभागका अनुसार अहिले फाट्टफुट्ट मात्र उजुरी बोकेर आउने गरेका छन् ।  त्यही पनि प्रहरीमा कारबाहीका लागि सिफारिस भएका सहकारीका बचतकर्ता बुझ्न आउने गरेका छन् ।

महानगरको सहकारी विभागले बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने भन्दै हालसम्म ८६ सहकारी प्रहरीलाई कारबाहीका लागि सिफारिस गरिसकेको छ । दर्तामा रहेका धेरैजसो त्यस्तै अवस्थामा भए पनि अहिलेसम्म ८६ सिफारिस गरिसकिएको जनाइएको छ ।

यीमध्ये कतिपय समस्याग्रस्त सहकारीको सूचीमा परेका छन् ।

“सहकारीमा धेरै समस्या छ । कसले नियमन गर्ने भन्ने पनि निश्चित छैन । तर, हाम्रो कार्यक्षेत्रभित्र परेका सहकारीहरूको हामी अनुगमन र मूल्यांकन गर्छाैं,” उनले भने, “देशभरी ३१ हजारभन्दा बढी सहकारी छन् । अधिकांश सहकरी ऐन, नियम र मान्यमूल्यता अनुसार सञ्चालनमा छैनन् ।”

एक वर्षअघिदेखि चारैतिर समस्याका कुरा आएका थिए । एक वर्षअघि जति बचतकर्ता उजुरी लिएर विभागमा आउँथे, अहिले त्यसको तुलनामा कम छ ।

“पहिले जस्तो अहिले विभागमा बचतकर्ताको भीड लाग्न छोडेको छ,” विभागका एक कर्मचारीले भने, “पहिले त दैनिक ५०० देखि हजार जनासम्म बचत फिर्ता नगरेको भन्दै उजुरी लिएर आउने गरेका थिए ।”

सहकारीमा देखिएका समस्या हल नभएकाले पनि बचतकर्ता हैरान भएर बचत फिर्ताका कुरा गर्दै विभागमा आउन छोडेको हुन सक्ने अनुमान गरिएको छ ।  कतिपय बचतकर्ता प्रहरीमा चाहिँ सहकारीको नाम नपठाउनू भन्दै आउने गरेको ती कर्मचारी बताउँछन् । 

ठूलो मात्रामा बचत गर्ने बचतकर्ताले अध्यक्ष र सञ्चालकलाई बोलाएर मेलमिलाप गर्न खोज्ने गर्छन् ।

“एक दिन एउटा सहकारीका बचतकर्ता उजुरी लिएर आए । बचत ठूलो थियो,” ती कर्मचारीले भने, “सञ्चालकहरू विभागमा सम्पर्कमा नआएपछि कारबाही गर्न प्रहरीलाई पत्र लेखौं त भन्दा ती बचतकर्ताले मलाई उल्टै झपारे । मिलापत्र गर्नुपर्छ भने ।”

सहकारीले घरजग्गा र सेयरमा लगानी गर्दा यो क्षेत्रमा समस्या निम्तिएको विभिन्न प्रतिवेदनले देखाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC