site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एप्पलले ९२ देशका प्रयोगकर्तालाई दियो साइबर आक्रमण भइरहेको चेतावनी

काठमाडौं । एप्पलले बुधबार ९२ देशका आइफोन प्रयोगकर्तालाई साइबर आक्रमणको निशाना बनेको भन्दै सावधानी अपनाउन चेतावनी जारी गरेको छ ।

कम्पनीले बुधबार प्यासिफिक समयअनुसार दिउँसो १२ बजे ९२ देशका प्रयोगकर्तालाई अर्लट पठाएको हो । कुन देशको आक्रमणकारी हुन् र कुन देशका नागरिकलाई अर्लट पठाइयो भन्नेबारे खुलाएको छैन ।

कम्पनीले स्पाइवेयर आक्रमणबाट लक्षित हुन सक्ने चेतावनी ती प्रयोगकर्ताहरूलाई दिएको हो । “तपाईं एक भाडाको स्पाइवेयर आक्रमणको निशानामा हुनुहुन्छ । जसले तपाईंको आइफोनलाई टाढैबाट ह्याक गर्न खोजिरहेको छ,” एप्पलले एप्पल आईडीसमेत खुलाउँदै चेतावनी जारी गरेको छ ।

“यो आक्रमण तपाईंको हो र तपाईं के गर्नुहुन्छ भन्नेअनुसार भइरहेको छ। अन्य कुरा निश्चित नभए पनि एप्पललाई चेतावनीमा उच्च विश्वास छ, कृपया यसलाई गम्भीरतापूर्वक लिनुहोला,” कम्पनीले अर्लटमा भनेको छ ।

एप्पलले एक वर्षभरीमा यस्तो चेतावनी धेरै पटक जारी गरेको बताइएको छ । सन् २०२१ यता १५० भन्दा बढी देशका प्रयोगकर्तालाई एप्पलले यस्तो अर्लट पठाएको पाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro