site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा स्कुल बस दुर्घटना, ६ विद्यार्थीको मृत्यु
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा ६ विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

जीएल पब्लिक स्कुलका करिब ४० विद्यार्थी सवार बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो । प्रारम्भिक रिपोर्टमा चालकले गाडी तीव्र गतिमा लापरबाहीपूर्ण तरिकाले चलाएका कारण दुर्घटना भएको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एक मिडिया रिपोर्टमा बसका घाइते बालबालिकालाई उद्धृत गर्दै चालकले मदिरा सेवन गरी तीव्र गतिमा गाडी चलाएको उल्लेख छ ।

बालबालिकाको मृत्युले सम्पूर्ण कानिना क्षेत्रवासी गहिरो शोकमा छन् ।

Global Ime bank

हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सन्तान गुमाउने परिवारप्रति सहानुभूतिसहित घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement