site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिट संख्या बढाउन र दुई सेसनमा अध्यापनको व्यवस्था गर्न निजी मेडिकल कलेजहरूको माग 
Tiktok banner adTiktok banner ad

काठमाडौं । निजी मेडिकल तथा डेन्टल कलेजहरूले चिकित्साशिक्षाका कार्यक्रममा सिट संख्या थप्न र दुई सेसनमा पढाउने व्यवस्था गर्न माग गरेका छन् । प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसन नेपालले चिकित्साशिक्षा आयोगसँग यस्तो माग गरेको हो ।

एसोसिएसनले निजी कलेजका हालका समस्या, त्यसबाट समग्र स्वास्थ्य क्षेत्रमा पर्न गएको असर र सुझावसहित अयोगसमक्ष ज्ञापनपत्र बुझाएको छ । गएको माघ २६ गते बुझाइएको पत्रमा निजी मेडिकल तथा डेन्टल कलेजका समस्या नौ बुँदामा समेटिएको छ । जसमा मापदण्डबमोजिम पूर्वाधार तयार पारिए पनि मनसायपत्र नपाउँदा करोडौँ रकम डुब्ने गरेको उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा निजी मेडिकल कलेजहरूको योगदानलाई सरकारले कदर नगरेको र माफियाको संज्ञा दिई निरन्तर सेवा प्रदान गर्नबाट वञ्चित गरेको उनीहरूको गुनासो छ ।

कक्षा–१२ को नतिजा प्रकाशनलगत्तै चिकित्साशिक्षा स्नातक तहको भर्ना प्रक्रिया सुरु गर्नुपर्ने र कलेजहरूले पूर्ण क्षमतामा विद्यार्थी भर्ना गर्न पाउनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।

चिकित्सा शिक्षा आयोगले हाल एमबीबीएस अध्ययनका निम्ति छुट्ट्याएको सिट संख्या बढाउनुपर्नेमा एसोसिएसनको जोड छ । हाल एमबीबीएस अध्यापनका निम्ति सबै कोटा गरी १९८५ सिट संख्या तोकिएको छ ।

वार्षिक पाँच हजारजनाले एमबीबीएसन पढ्न चाहने तर पर्याप्त सिट नहुँदा ठूलो संख्यामा विद्यार्थी विदेशिनुपरेको ज्ञापनपत्रमा उल्लेख छ ।

चिकित्सा शिक्षा ऐन, २०७५ लागु भएपश्चात् मापदण्डकै कारण चिकित्साशिक्षा अध्यापन गराउने कतिपय कलेज बन्द हुने अवस्थामा पुगेको एसोसिएसनको गुनासो छ ।

चिकित्साशिक्षा स्नातक तहअन्तर्गत हाल निजी क्षेत्रबाट २९ कलेजले ५३ कार्यक्रम अध्यापन गराइहेका छन् ।

यस्तै, वर्षको दुईपटक भर्ना गरी विदेशबाट आउने विद्यार्थीलाई समेत अध्यापन गराउने अवसर सिर्जना गर्न सकिने उनीहरूको सुझाव छ ।

चिकित्साशिक्षाका विभिन्न विधामा स्नातक तहमा २२ सय बढी विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेकामा दुई सेसनमा कक्षा सञ्चालन गर्न सकिने र यो संख्या चार हजार पुर्‍याउन सकिने एसोसिएसनको निष्कर्ष छ ।

मेडिकल कलेजहरूमा सिट संख्या घटाई १५० बाट १०० मा ल्याइँदा १८ कलेजमा आबद्ध सात हजार बढी कर्मचारीको रोजगारी गुमेको एसोसिएसनको ठहर छ ।

चिकित्साशिक्षाका सम्पूर्ण कार्यक्रमलाई वर्षको दुई सेसनमा सञ्चालन गरी १००/१०० सिट संख्यामा भर्ना गर्न सके हजारौँ विद्यार्थी र करोडौँ रकम स्वदेशमै रहने एसोसिएसनले औँल्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro