site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो २८१ उजुरी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका अन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा २८१ वटा उजुरी किनारा लगाएको छ । 

महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा गठित समितिमा आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म दर्ता भएका ३५३ उजुरीमध्ये २८१ वटा किनारा लगाएको हो । उपप्रमुख इम्तियाज आलम संयोजकत्वको टोलीले चालु आव २०८०/०८१ को आठ महिनामा चारवटा उजुरी फछर्यौट गरेको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

न्यायिक समितिमा चालु आवमा दर्ता भएको २३ वटा र अघिल्लो आव २०७९/०८० बाट सरेर आएको ४९ वटा गरी ७२ वटा उजुरी फछर्यौट हुन बाँकी रहेको अधिवक्ता थापाले बताए । उनका अनुसार न्यायिक समितिले आव २०७४/०७५ मा १२६ वटा, आव २०७५/०७६ मा ७७ वटा, आव २०७६/०७७ मा ५४ वटा, आव २०७७/०७८ मा आठवटा, आव २०७८/०७९ मा चारवटा र आव २०७९/०८० मा चारवटा उजुरी किनारा लगाएको छ ।

महानगरपालिकामा गत आव २०७४/०७५ देखि नै न्यायिक समिति गठन भएर कार्य गर्दै आएको छ । न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवादसम्बन्धी नै रहेको उनको भनाइ छ । न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माण खिचौला, लेनदेन, बालीनाली नोक्सानी, घरभाडा सम्बन्धमा आउने गरेको अधिवक्ता थापाको भनाइ छ ।

Royal Enfield Island Ad

स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सम्बन्धबिच्छेद, जग्गा विवाद, घरभाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेको लगायतका विवाद मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ । 

महानगरपालिकाको न्यायिक समितिले आफ्नो अधिकार क्षेत्रका मुद्दा मामिलालाई मेलमिलापको सिद्धान्तमा निर्णय गर्दा प्रभावकारी बनेको स्थानीयले बताएको छ । न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको अधिवक्ता थापाले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro