site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ : सचेतक थिङ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले संसद् अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताएकी छन् । 

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली कांग्रेसले एक महिना अघिदेखि संसदीय छानबिन समिति गठनको माग गरे पनि सरकारले बेवास्ता गरेको बताइन् । उनले आफूहरूको कुरा सुनुवाइ नभएका कारण संसद् अवरुद्ध गर्न बाँध्य भएको भन्दै यसको अपजस सरकारले लिनुपर्ने बताइन् । उनले संसदीय छानविन समिति बनाउनका लागि प्रमुख प्रतिपक्ष दलको रुपमा सरकारलाई खबरदारी गर्नु कांग्रेसको गल्ती भयो ? भनि प्रश्न समेत गरिन् ।

उनले भनिन्, "सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखिरहेका छौँ । पर्सि एक महिना पुग्छ । एक महिनासम्म हामीले माग गर्दै गर्दा सरकारले छानबिन समिति गठन नगरेको कारणले हामी बाध्य भएका हौँ । यसको सम्पूर्ण जस, अपजस सरकारमा भर पर्छ । एक महिनासम्म सरकार के हेरेर बस्छ ? सरकारलाई हामीले सूचना दिएका होइनौँ ? सरकारमा खबरदारी गरेका होइनौँ ? यो भन्दा खबरदारी के दिने ? सरकार अनदेखा गरेर बस्छ भने सरकारलाई हामीले यति भन्दा के प्रतिपक्षको गल्ती भयो ? खबरदारी गर्नु कांग्रेसको गल्ती भयो त ?"

उनले नेपाली कांग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि संसद्मा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसद सुचारु भएपछि जहिले छलफल गरेपनि हुने बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro