site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गगनको प्रस्ताव : प्रचण्ड, देउवा र ओलीको सम्पत्ति छानबिन गरौँ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेका छन् । 

पशुपति मित्र मावि चाबहिलको हिरक महोत्सवलाई बुधबार सम्बोधन गर्दै उनले २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् पार्टीको नेतृत्वमा बसेका, पूर्वप्रधानमन्त्री तथा आफूजस्ता मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कांग्रेस सभापति, एमाले अध्यक्ष र माओवादी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री, भूतपूर्व प्रधानमन्त्री हामी जस्ता मन्त्री भएका मान्छे सबैको सम्पत्ति छानबिन गरौँ,” उनले भने, “जति पनि ठूलठूला काण्ड प्रकरणहरू नेपालमा भए त्यो सबै कुराको छानबिन गरौँ । जिम्मेवार मानिसहरूलाई दण्ड पाउनुपर्छ भन्ने डर सिर्जना गरोस् ।” 

उनले नागरिकहरूलाई राज्यप्रति भर सिर्जना गर्न र गलत गर्नेलाई डर सिर्जना गर्न पनि यो अपरिहार्य भएको बताए । सार्वजनिक सम्पत्ति अपचलन भएको सहकारी प्रकरण चलेको भन्दै उनले भने, “अस्तिसम्म यही कपनमा सहकारी विज्ञ भनेर कार्यक्रममा आउनुभएको उप्रेतीजी साथी जसको भाषण हामीले सुनेका थियौं । दुई दिनअघि पत्रिकामा आउँदा आठ अर्ब खाएको रहेछ । यस्ता मान्छे गाउँ गाउँ डुलिरेहेका छन् ।” 

Global Ime bank

यस्ता अपलचन गर्ने व्यक्तिलाई हेर्ने निकाय बनाएको भए पनि कतैबाट पनि कानुनी फन्दामा नपरेको भन्दै उनले भने, “जतिसुकै शक्तिशाली होस् । कांग्रेस होस् माओवादी होस् एमाले होस्, नयाँ होस् पुरानो होस्, प्रधानमन्त्री होस् भूतपूर्व होस् वा हुनेवाला होस् ! जो जो जतिसुकै शक्तिशाली होस् । गलत गर्नेलाई कारबाही गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC