site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन जरुरी : राष्ट्रपति
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औँ वार्षिकोत्सव समारोहमा उनले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्न प्राथमिकता दिएको बताए । 

राष्ट्रपति पौडेलले संविधानको प्राथमिकतालाई कार्यान्वयनमा ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको उल्लेख गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

अनुसन्धानका निष्कर्षलाई व्यवहारिक समाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्ने सुझाव दिए । उनले बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिवर्तन, संक्रामक रोगलगायत मुद्दाहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । 

स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गर्न, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवलम्बन गर्ने नीति तथा रणनीतिहरूलाई सघाउन तथ्यमा आधारित प्रमाणहरू जुटाउने कार्यमा तदारुकताका साथ लागिरहने विश्वास व्यक्त गरे । 

Global Ime bank

राष्ट्रपति पौडेलले स्वास्थ्य क्षेत्रलाई आधुनिक, विकसित, सहज एवं सर्वसुलभ बनाउन स्पष्ट, वस्तुनिष्ठ बनाउन जरुरी रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement