site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘बहादुरीलाई इंगित गर्न पहेँलो रंगमा खेलाडीको नाम र नम्बर राख्यौँ’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यसै वर्ष आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रम आयोजना गरेर नेपाली टिमको जर्सी सार्वजनिक गरेको हो । 

क्यानले जर्सी उत्पादनका लागि चर्चित खेलकुद सामग्री उत्पादन कम्पनी केल्मीसँग सम्झौता गरेको छ । नेपाली टिमको जर्सीमा सगरमाथा, एकसिंगे गैँडा, नेपालको झन्डा तथा खेलाडीको नाम र नम्बर पहेँलो रंगमा लेखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जर्सी सार्वजनिक कार्यक्रममा केल्मी नेपालका कार्यकारी निर्देशक उत्तम न्यौपानेले नेपाली टिमको जर्सीमा बहादुरहरूलाई झल्को दिन पहेँलो रंग राखिएको बताए । “रातो र निलो राष्ट्रिय झन्डाको प्रतिनिधित्वका लागि राखिएको छ । अन्तर्राष्ट्रिय मान्यतामा पनि बहादुर टिमले पहेँलो रंग राखेको इतिहास देख्यौँ । त्यही भएर हामीले नेपालको जर्सीमा नेपाल र खेलाडीको नाम पहेँलो रंगमा राख्यौँ,” न्यौपानेले भने । 

क्यानका अनुसार नेपालले यो जर्सी वेस्ट इन्डिज ‘ए’ को नेपाल भ्रमण दौरान नै लगाउने छ । क्यानले सोमबार नै वेस्ट इन्डिजको ‘ए’ टोली पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल आउने जनाएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय