site stats
बाह्रखरी :: Baahrakhari
देश
भद्रकालीमा लात्ती हानिएका यी भिक्षु, २६ वर्षअघिको त्यो घटना...

काठमाडौं । प्रहरीले शनिबार काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हानेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

हिँडिरहेका भिक्षुमाथि प्रहरीले लात्ती हानेको भिडियो भाइरल भएपछि प्रहरीमाथि चर्को आलोचना सुरु भएको छ । प्रहरीमाथि आलोचना बढेपछि गेरु बस्त्रमै रहेका भिक्षुलाई लात्ती प्रहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही अघि बढाएको छ । 

आइतबार प्रहरी प्रधान कार्यालयले घटना सम्बेदनशील रहेको भन्दै आन्तरिक छानबिन थालिएको र संलग्न प्रहरीलाई विभागीय कारबाही हुने स्पष्ट पारेको हो । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा भद्रकाली पुगेका भिक्षुमाथि प्रहरीले लात्ती प्रहार गरेको थियो । 

यद्धपी प्रदर्शनमा भिक्षु कसरी पुगे भन्ने बारेमा प्रहरीलेसमेत अनुसन्धान थालेको छ । महतोले सद्भाव भड्काउने योजनासहित भिक्षुका आवरणमा केही गेरु बस्त्रधारीलाई प्रदर्शनमा उतारेको आशंका प्रहरीको छ । 

काठमाडौं प्रहरीका एसपी नवराव अधिकारीले पनि प्रदर्शनमै आएका भिक्षुमाथि बल प्रयोग गरिएको बताए । उनले भने, “बाटोमा हिँडिरहेका भिक्षुलाई प्रहरीले कुटेको होइन । उनी पनि प्रर्दशनमै आएका भिक्षु हुन् ।”

Global Ime bank

२६ वर्षअघिको त्यो चर्चित भिक्षु हत्या प्रकरण

बौद्ध भिक्षुमाथि आक्रमण गर्नु ‘पाप’ हो भन्ने धारणा आम मानिसमा छ । त्यसैले भिक्षुमाथिको आक्रमणलाई संसारभर संवेदनशील रुपमै हेरिने गर्छ । तर, आजभन्दा २६ वर्षअघि विश्व शान्तिको प्रतीक मानिएको गौतम बुद्धको जन्मस्थल लुम्बिनीमै एकजना भिक्षुलाई गोली हानी हत्या गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको अभिलेखमा जापानीज भिक्षु युनाताका नावातामेको एक समूहले गोली हानी हत्या गरेको उल्लेख गरेको छ । ६ जना नाकाबधारीको समूहले विश्वको सबैभन्दा ठूलो बौद्ध स्तूप निर्माणको क्रममा लुम्बिनी पुगेका युनाताकाको २०५४ साल असार १९ गते राति गोली हानेर हत्या गरिएको थियो ।

जुन यस्तो बेला थियो, लुम्बिनी विश्व सम्पदा सूचीमा भर्खरै सूचीकृत भएको थियो । भिक्षुको हत्या प्रकरणले भने नेपालको सुरक्षा व्यवस्था र घटना अन्तर्राष्ट्रियकरण नै बन्यो । जुन हत्याको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालले तत्कालीन अपराध महाशाखाका डीएसपीको नेतृत्वमा एक टोली लुम्बिनी पठाएको थियो ।

त्यो बेला जघन्य प्रकृतिको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले महाखाशाको टोली पठाउँदै आएको थियो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को स्थापना नै भएको थिएन । सीआईबीको स्थापनापछि भने उपत्यका बाहिर हुने जघन्य अपराधमा सीआईबीको टोली जाने गरेको छ ।

यसरी हत्यारा सम्म पुगेको थियो प्रहरी

हत्यारा समूहले लुम्बिनी कोषभित्रकै मायादेवी मन्दिरको पूर्वपट्टिको नेपाली बिहारमा बस्ने युनाताकाको गोली हानेर हत्या गरेका थिए ।  नजिकै रहेका एकजना सुरक्षा गार्डसमेत घाइते अवस्थामा फेला परेका थिए ।

हत्या गरेका भिक्षु युनाताकाको शव फेला परेको ठाउँ नजिकै एउटा प्लास्टिकको चप्पल र गोलीका खोका फेला पारेको थियो ।  ईलाका प्रहरी कार्यायल लुम्बिनी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थल नजिक अस्थायी सेल्टर नै बनाएर अनुसन्धान थाल्यो ।

भिक्षुका हत्यामा धार्मिकदेखि विदेशी अपराधीहरु समेत संलग्न हुनसक्ने आशंकामा प्रहरीले विश्लेषण गरेर अनुसन्धान थाल्यो । त्यो बाहेक प्रहरीले आर्थिक पाटोबारे समेत अनुसन्धान थालेको थियो ।  तर, घटनास्थलमा भेटिएको प्लास्टिकको चप्पलबाट थालेको अनुसन्धानले हत्या धार्मिक भन्दा पनि लुटपाट गर्ने उद्देश्यले गरेको हुनसक्ने प्रहरीले खुलाउँदै गयो ।

चप्पलबारे सोधखोज गर्दै जाँदा घटनास्थल नजिकै चौराहा चोकमा घर भएका आसिन मुसलमानको घरमा बस्दै आएका भारतीय नागरिक अबरार मुसलमानको रहेको तथ्य खुल्यो । उनी आसिनको ज्वाइँ समेत रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्दै लगेको थियो ।

आसिनको घरमा प्रहरीको टोलीले पुग्यो । तर, अबरार घरमा भेटिएनन् । उनीसँगै अर्का नसिम मुलसमान समेत चौराहा घरमा भेटिएनन् । प्रहरीले भिक्षुको हत्यारा उनीहरु हुन् भन्ने आधार फेला परिसकेको थियो ।

यो बीचमा प्रहरीले भिक्षुको हत्या आशंका स्थानीय, गुन्डागर्दी, लुटपाट घटनामा संलग्न सयौँ जनामाथि सोधपुछको काम गरेको थियो । तर, भिक्षु युनाताकाको हत्या अबरारले गरेको निष्कर्ष निकाल्दै उनीमाथि अनुसन्धान केन्द्रित गर्‍यो । 

स्थानीहरुसँगको सोधपुछका क्रममा भिक्षुको हत्या गरिएको साँझ अबरारसँग अन्य पाँच जनाको समूह नै रहेको सूचना प्रहरीले पायो ।

त्यसमध्ये एक थिए, नसिम मुसलमान ।

प्रहरीले नसिमको सम्पर्कमा रहेका बुटबलका हिमाल श्रेष्ठमाथि समेत सोधपुछ ग¥यो । हिमालसँगको सोधुपछपछि भने प्रहरी हत्यारासम्म पुग्न सफल भयो ।

भिक्षुको हत्या भएको करिब एक महिनापछि भने भिक्षुको हत्यामा संलग्न नसिम मुसलमानसहित बुुटबल आर्दशनगरका २२ वर्षीय शम्भु श्रेष्ठ, सोही स्थानका २४ वर्षीय केशव क्षेत्री, लक्ष्मण पुन, बुटबल सुख्खानगर बस्ने २२ वर्षीय विरेन्द्र जिसी रहेको खुल्यो ।

प्रहरीको टोलीले उनीहरुको खोजी तीव्र पार्‍यो । भिक्षुको हत्यालगत्तै उनीहरुले बुटबल छोडिसकेका थिए । प्रहरीको अनुसन्धानले वीरेन्द्र, लक्ष्मण, केशव र शम्भु भागेर काठमाडौं पुगेको खुलायो । शम्भु र केशव काठमाडौंबाट सिमरा विमानस्थल हुँदै भागेर भारत पुगेको खुल्यो ।

वीरेन्द्रलाई भने प्रहरीले कोटेश्वरबाट पक्राउ गर्न सफल भएको थियो ।

भारत भागेका केशव, शम्भु र लक्ष्मणलाई समेत दिल्ली प्रहरीको सहयोगमा पक्राउ गर्‍यो । नसिम काठमाडौंकै गौशालाबाट पक्राउ परेका थिए । लुटपाट गर्ने उद्देश्यले भिक्षुको हत्या गरे पनि उनीहरुको भिक्षु प्रतिकारमा उत्रिदा लुट्न नसकी गोली हानेर हत्या गरेर भागेको खुलेको थियो । 

उनीहरुले तीनपटकको प्रयासपछि हत्या गरेको प्रहरीमा बयान दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu