site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन : उमेदवारी दर्ता आज
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष पदका लागि आज उमेदवारी दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ ।

मनोनयन दर्ता कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुनेछ । संविधानले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उमेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उमेदवार हुनेछन् । 

गत चैत १५ गते राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी थिइन् । माओवादी केन्द्रकी सांसद अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि राष्ट्रियसभाको उपाध्यक्ष पद एमालेले पाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले समेत सो पदमा दाबी गर्दै आएको छ । 

राष्ट्रियसभा उपाध्यक्षका लागि बुधबार निर्वाचन हुनेछ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro