site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जनकपुरधाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

छुरा प्रहारबाट घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता अवालेका अनुसार घटनाबारे प्रहरीलाई सूचना आउनसाथ प्रहरीले आफ्नो सक्रियता बढाउँदै संलग्न दुईजनालाई पक्राउ गरेको छ । तर, अहिले उनीहरूमाथि अनुसन्धान चलिरहेकोले नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता अवालेले बताए ।

पक्राउ परेकाहरूको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्री समेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न रहेकाहरू लागु औषधको सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको छ । सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro