राजनीति
विराटनगर । कोसी प्रदेशमा सरकार परिवर्तनको गृहकार्यबीच नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । प्रदेशसभा सचिवालयमा दलको बैठक बसेको हो ।
नयाँ गठबन्धनसँगै संघ र अरू कतिपय प्रदेशमा सरकार फेरबदल भइसकेको छ । कोसीमा पनि नयाँ सरकार गठनको प्रयास थालिएको छ ।
नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको वर्तमान सरकारमा माओवादी केन्द्र पनि सहभागी छ । नयाँ गठबन्धन दलका नेताको आइतबार विराटनगरमा बसेको बैठकबाट सरकारको नेतृत्व लिने र प्रक्रिया सुरु गर्ने निर्णय गरिएको थियो ।
समसामयिक राजनीतिक विषयमा बैठक केन्द्रित रहेको कोसी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १४:०७
प्रतिक्रिया दिनुहोस्