site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यसरी तर्साउँदै सार्वजनिक गरियो ‘बोक्सीको घर’को ट्रेलर 

काठमाडौं । आइतबार दिउँसो २ बजे । सिभिल मलमा सदाझैँ चहलपहल थियो । सिनेमा हेर्न आउने र निस्कनेको भीड मलको माथिल्लो तलमा छँदै थियो । त्यत्तिकैमा क्यूएफएक्सको अडिटोरियम २ को ढोका खुल्यो । ढोका खुले पनि भित्र अँध्यारो थियो । बत्ती बलेको थिएन ।

तर पनि मान्छे भित्र पस्न थाले । घरीघरी बत्ती झ्याप्प झ्याप्प बल्दा कपाल अगाडि फिँजाएका, लाललाल आँखा बनाएका रातो भेषमा रहेका केही युवती कोठाको भित्तामा टाँसिएर यताउता सलबलाइरहेका थिए । उनीहरू घरीघरी अनौठो स्वर निकालेर कराउँथे । हलमा प्रवेश गर्दै गरेका र सिटमा बसेका मान्छे एक्कासि आउने त्यो आवाज र झ्याप्प बल्दा देखिएका अनौठा युवतीको दृश्यले तर्सिइरहेका थिए ।

एकछिन यो क्रम चलिरह्यो । केही समयपछि अडिटोरियमको बत्ती बल्यो । त्यहाँ देखिए ६ एकै खालका युवती । हातपाउ टेकेर यताउता गरिरहेका पाँच महिलाको बीचमा एक युवती उभिएकी थिइन् । उनको हाउभाउ र वेशभूषा पनि फरक थिएन । फरक यति मात्र, उनी उभिएकी थिइन् ।

हातपाउ टेकेर यताउता गरिरहेका र उभिएकी युवती विस्तारै उसैगरी मञ्चमा उक्लिए । मञ्चमा एकछिन उस्तै क्रियाकलापछि उभिएकी युवतीको हातमा माइक देखियो । दुईपटक लामो सास तानिन् र बोल्न थालिन्– स्वागतम ! स्वागतम !! सु–स्वागतम !!! यहाँहरू सम्पूर्णलाई बोक्सीको स्वप्न नगरीमा हार्दिक स्वागत छ । आज हामी केही दृश्यांश यहाँ प्रस्तुत गर्नेछौँ, (जोडले कराइन्) र पूरा रहस्य खुल्नेछ वैशाख १४ गते । ती युवतीले यति बोलिसक्दा नसक्दै अनौठो ध्वनि उसैगरी गुञ्जिए, अक्सर त्यस्तो ध्वनिले धेरै मानिसमा डर पैदा गर्छ । र, ती युवती अरू कोही नभएर अभिनेत्री केकी अधिकारी थिइन् । यो एक्ट थियो, उनको सिनेमा ‘बोक्सीको घर’को ट्रेलर रिलिजअगाडिको ।

यो एक्टपछि वैशाख १४ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरियो । समाजमा ‘बोक्सी’ हुन्छन् भन्ने अन्धविश्वास ट्रेलरमा समावेश छ । कथित बोक्सीका नाममा हुने गरेका अन्याय, अत्याचारका विषय मिडियाले उठाउँदा उठाउँदै पनि यो अन्धविश्वास रहेको र यसकै कारण महिला पीडित भइरहेको कथा सार्वजनिक ट्रेलरमा देखिन्छ । समाजले कसरी बोक्सीको आरोप लगाएर मानसिक रूपमा विक्षिप्त हुने अवस्थामा पुर्‍याइरहेको छ भन्ने पक्ष ट्रेलरमा देख्न सकिन्छ ।

केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro