site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवक बेपत्ता

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवक बेपत्ता छन् ।

शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा डुबेर धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता छन् ।

दुवैजना शनिबार राति बेपत्ता भएका थिए । बेपत्तामध्ये धनबहादुरको शव उद्धार टोलीले आइतबार समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता रहेका तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए ।

धनबहादुर र टेकबहादुरसहित अरू दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्र भेटिएको योञ्जनले बताए ।

धनबहादुरको शव परीक्षणका निम्ति मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ ।

धनबहादुर वैदेशिक रोजगारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै, चार महिनाअघि क्रोएसिया आएका टेकबहादुर १८ दिनअघि मात्र पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजोमा बस्दै आएका थिए । रासस

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro