site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी वकिलको पत्रपछि सुरु भयो महेश बस्नेतमाथि अनुसन्धान
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं प्रहरी परिसरले पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि अनुसन्धान सुरु गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बस्नेतमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

Dabur Nepal
NIC Asia

सरकारी वलिक कार्यालयका प्रमुख सन्देश श्रेष्ठले प्रहरीलाई बस्नेतमाथिको उजुरीबारे छानबिन गर्न पत्र पठाइएको बताए ।

एक महिलाले बस्नेतले आफूलाई पटकपटक बलात्कार गरेको भन्दै हुलाकमार्फत सरकारी वकिल कार्यालय र प्रहरीलाई जाहेरी पठाएकी थिइन् ।

सोही जाहेरी प्राप्त भएपछि अनुसन्धान सुरु भएको काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

पीडित महिलाको जाहेरीमा बस्नेतले आफूमाथि काठमाडौंको बबरमहलस्थित सनसाइन अपार्टमेन्ट र भारतमा समेत पटक–पटक बलात्कार गरेको उल्लेख गरेकी छिन् ।

बस्नेत पूर्वउद्योगमन्त्री हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro