site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कुकुल्यान्ड’ प्रकरण : प्रधानमन्त्रीका विषयमा छानबिन माग गर्दै लेखा समितिमा उजुरी 
प्रधानमन्त्री प्रचण्ड । फाइल तस्बिर ।

काठमाडौं । ‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएको भन्दै छानबिनको मागसहित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी दिइएको छ । उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको समितिका एक सदस्यले जानकारी दिए ।

कुकुल्यान्ड बेलायती पत्रकार टम बरजिसको पुस्तक हो । उनको पुस्तकमा नेपालको टेलिकम व्यापारमा भएको भ्रष्टाचारको वृत्तान्त खोतलिएको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि यस विषयमा बहस भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, व्यवसायी अजेय सुमार्गीलगायत व्यक्तिका विषय पुस्तकमा उल्लेख गरिएको समाचार प्रकाशित भएका छन् । यसैका आधारमा उजुरी परेको ती सदस्यले बताए ।

“सञ्चारमाध्यममा आएको समाचारको आधारमा उजुरी आएको मलाई जानकारी आएको छ,” ती सदस्यले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro