site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि

विराटनगर । आठौँ संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको घरेलु टिम सांग्रीलाले पाँच लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

Dabur Nepal
NIC Asia

विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रचेको छ । यो सिजनमा सात वटा गोल्डकपमा भाग लिएकामध्ये सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रले तीन वटा पुरस्कार जित्न सफल भएको छ । यसअघि  केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि जितिसकेको छ ।

मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उनीहरूले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् । निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो ।

अतिरिक्त समयमा सांग्रीलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरी टिमलाई अग्रता दिलाए । युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रीलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल क्लियर गर्न सकेनन् । त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरी अग्रता दिलाए । मच्छिन्द्रले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९औँ मिनेटमा युसुप थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले पोस्टको दिशा लिएको थियो ।

प्लेयरअफ द म्याच मच्छिन्द्रका लकेन लिम्बू घोषित भए । उनले ११ हजार पाए । बेस्ट गोलकिपर मच्छिन्द्रका विशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित भए । उनीहरूले जनही २१ हजार रुपैयाँ  पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी सांग्रीलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए ।

फाइनलमा सांग्रीलाले २५औँ मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाए । ३५औँ मिनेटमा सांग्रीालका सुशिल राईले गोल गर्ने अवसर खेर फाले । ४२औँ मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी स्टेपीनले वान भर्सेस वानको प्रहार गोलन गर्नबाट चुके । उनले गरेको प्रहार पोस्टमाथिबाट बल बारियो । ४३औँ मिनेटमा मच्छिन्द्रका आयुष घलानले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्नबाट चुक्यो । उनले गरेको कडा प्रहार बाहिरिदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो ।

पहिलो हाफसम्म गोलरहित खेल बराबारीमा सकियो । ५४औँ मिनेटमा सांग्रीलाका विवेक पौडेलले मध्यभागबाट निकालेको पासलाई सुशिल राईले डिबक्स भित्रबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ८३औँ मिनेटमा स्टिेफिन विनङले डिबक्स भित्रबाट गरेको प्रहार सांग्रीालका गोलकिपर विशाल सुनारले विफल पारिदिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro